ग्लोबल


दक्षिण कोरियामा नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क

दक्षिण कोरियामा नेपालीलाई कोरोनाविरुद्धको खोप  निःशुल्क

नेपालखबर
माघ ७, २०७७ बुधबार ५:२१,

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ।

दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुंग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन्।

यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो। यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन्।

आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन्। त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपांगता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ।

यद्यपि अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ। कोरियामा अवैधानिक तवरले बस्नेहरूको संख्या पनि ठूलै हुनसक्ने अनुमान छ।

दक्षिण कोरियामा पछिल्लो समय कोरोनाको नयाँ प्रजाति पनि पुष्टि हुनुका साथै संक्रमण तीव्ररुपले फैलिएको छ। केही सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमित थपिने क्रम देखिएको थियो तर यो साता भने दैनिक संक्रमितको संख्या ४ सयभन्दा तल झरेको छ। सरकारले संक्रमण थप फैलिन नदिन सामाजिक दूरी कायम राख्दै सार्वजनिकस्थलमा चार जनाभन्दा धेरै भेला हुन बन्देज गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad