आज सुनको मूल्य पुनः चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन उक्त दरमा बढेर प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै तेजाबी सुन पनि सोही दरमा वृद्धि हुँदा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
सोमबार छापावाल सुन ९१ हजार ६ सय र तेजाबी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै मंगलबार चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ।
संघका अनुसार हिजो १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ४५ रुपैयाँ पुगेको हो।
त्यस्तै अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस १८ सय ४० दशमलव २८ अमेरिकी डलर पुगेको छ।

प्रतिक्रिया