ad ad

कारोबार


इ–सेवा मनि ट्रान्सफर र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट पैसा पठाउन सकिने

इ–सेवा मनि ट्रान्सफर र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट पैसा पठाउन सकिने

नेपालखबर
माघ ५, २०७७ सोमबार १०:५७,

इ–सेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

योसँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज भएको छ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवा मनि ट्रान्स्फरका प्रबन्धनिर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका हुन्।

अष्टे«लियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इ–सेवावालेटमा रकम पठाउन सकिनेछ। नगदमा पठाइएको रकम इ–सेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा इ–सेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ।

त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। नगदमा पठाइएको रकम इ–सेवा वालेटमा रिसिभ गर्दा ५५ रुपैयाँ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ।

लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्चस्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेटभित्रै रेमिटेयान्स प्राप्त गर्न सकिनेछ।

इ–सेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुबै माध्यम मार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

इ–सेवा मनि ट्रान्स्फरले अमेरिका, जापान, युरोपीयन देश लगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ।

डिजिटल माध्यमबाट रेमिट्यान्स् भित्राउन प्रोत्साहन गरिरहेको इ–सेवा मनि ट्रान्स्फर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .