कारोबार


जुम्लामा लोडसेडिङ तालिका सार्वजनिक, के भन्छ विद्युत् प्राधिकरण?

जुम्लामा लोडसेडिङ तालिका सार्वजनिक, के भन्छ विद्युत् प्राधिकरण?

नेपालखबर
माघ ५, २०७७ सोमबार ७:४६,

बेलाबेला झ्याप्प झ्याप्प बत्ती जाने गरेको भए पनि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ भएको होइन भनी दाबी गरिरहेका बेला जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिकै सार्वजनिक गरेको छ।

यो खबर सञ्चारमाध्यममा छाएसँगै जनमानसमा शंका उत्पन्न भएको छ- अबचाहिँ देशभर लोडसेडिङ सुरु हुन लागेको हो?

यस विषयमा काठमाडौंस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा प्रवक्ता मदन तिम्सिनाले त्यो जुम्लाको मात्रै समस्या भएको दाबी गरे। 

‘जुम्ला अझै राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छैन,’ नेपालखबरसँग उनले भने, ‘त्यसैले त्यहाँ स्थानीय स्तरमा उत्पादित विद्युतबाटै बिजुली बाल्ने गरिएको छ र अहिले त्यसैको व्यवस्थापन मिलाउन स्थानीय स्तरमा विद्युत् कटौती गर्नुपर्ने भएको हो।’

उनका अनुसार विद्युत् प्राधिकरणले त्यसमा समन्वय गरेको मात्रै हो। ‘देशभर लोडसेडिङ सुरु हुन लागेको हो कि भनेर डराउनु पर्दैन,’ उनले भने।

जुम्लामा जारी लोडसेडिङ तालिका

jumlaload

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad