अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुले उनीहरुकै लागि विशेष रुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्छन्।
एनसेल आजियाटा लिमिटेडले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरुलाई आवश्यकता अनुसारको सम्पुर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु सञ्चालनमा ल्याएको छ।
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यावसायले विभिन्न चुनौतिहरुको सामना गर्नु परिेहेको छ। यसै अवस्थाबीच एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ।
आफ्नो पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथ ग्राहकका आवश्यकताबमोजिम सेवा प्रवाह गर्नका बिजप्लस प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ। भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यावसायीहरुलाई नवसामान्यीकरण आत्मसाथ गर्दै छिटो अगाडि बढ्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि योगदान गर्दछ।
नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यलयहरुलाई लक्षित गरी ल्याइएको छ। साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक रु १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन्।
नयाँ बिजप्लस प्लान अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात परिवार तथा साथिभाईका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुनेजस्ता आकर्षक सुविधाहरु पाउँछन्।
यसका साथै बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्न्छन्।
साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको १४९ रुपैयाँ वा १९९ रुपैयाँ शुल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्छन्। कर्पोरेट ग्राहकले २९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मका ६ वटा बिजप्लानमध्ये कुनै पनि प्लान सुचारु गर्न सक्छन्।
त्यस्तै सरकारी कार्यालयका ग्राहकले १४९ रुपैयाँदेखि ४९९ रुपैयाँसम्मका ४ वटा प्लानहरुमध्ये आफ्नो आवश्यकताअनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन्। बिजप्लानअन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन्।
Shares

प्रतिक्रिया