कारोबार


खुल्यो इन्फ्रास्ट्रक्चर बैंकको आईपीओः कति कित्ता, कसरी दिने आवेदन?

खुल्यो इन्फ्रास्ट्रक्चर बैंकको आईपीओः कति कित्ता, कसरी दिने आवेदन?

नेपालखबर
माघ २, २०७७ शुक्रबार ६:४७,

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजीबजारको इतिहासमै सबैभन्दा ठूलोे ८ अर्बबराबरको सार्वजनिक निष्काशन (आईपीओ) आजदेखि खुला गरेको छ।

इच्छुक लगानीकर्ताले छिटोमा माघ ६ गतेसम्म बैंकिङ समयमा आईपीओ खरिदको आवेदन गर्न पाउने कम्पनीले जनाएको छ।

निष्काशनका लागि यसअघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्रीप्रबन्धक नियुक्त गरिसकेको छ।

कम्पनीका अनुसार यो निष्काशनसम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुनेछ।

जम्मा २० अर्ब चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्ब संस्थापकहरुबाट चुक्ता भइसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ।

हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशन (आईपीओ)का लागि आवेदन दिने सबै आवेदकहरुको हात खाली नहुने अनुमान गरिएको छ।

कस्तो बैंक हो यो?
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना बैंक तथा वित्तीय संस्था (बीएफआई), जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो। बैंकले २०७५ फागुन २२ देखि कारोबार सञ्चालन गरेको हो।

यो बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ। यसमध्ये आठ अर्ब जुटाउन आईपीओ निष्काशन गरिएको हो। यो बैंकको आव २०७४/०७५ मा प्रतिसेयर नेटवर्थ ५१ रुपैयाँ, प्रतिसेयर आम्दानी २ रुपैयाँ र सञ्चित नाफा ९ करोड ४५ लाख ६३ हजार रुपैयाँ थियो। त्यस्तै आव २०७५/०७६ मा प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ५७ पैसा, प्रतिसेयर आम्दानी ६ रुपैयाँ १ पैसा र सञ्चित नाफा ६२ करोड ३२ लाख १९ हजार रुपैयाँ रहेको थियो। त्यस्तै आव २०७६/०७७ मा प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ६२ पैसा, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६ पैसा र सञ्चित नाफा १ अर्ब २३ करोड ४३ लाख ७१ हजार रुपैयाँ रहेको थियो।

यस्तै आव २०७७/०७८ मा प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ६९ पैसा, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५८ पैसा र सञ्चित नाफा १ अर्ब ७४ करोड ४३ लाख १२ हजार हुने प्रक्षेपित अनुमान छ। त्यस्तै ०७८/०७९ मा प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ५४ पैसा, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६७ पैसा र सञ्चित नाफा १ अर्ब ३७ करोड ९ लाख ९५ हजार रुपैयाँ तथा ०७९/०८० मा प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ८० पैसा, प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा र सञ्चित नाफा (नोक्सान) १ अर्ब ५९ करोड ९६ लाख ३० हजार रुपैयाँ हुने प्रक्षेपित अनुमान गरेको कम्पनीले जनाएको छ।

बैंकको अधिकृत पुँजी ४० अर्ब, जारी पुँजी २० अर्ब रहेको छ।

कति कित्ता भर्ने, कसरी गर्ने आवेदन?
आजदेखि खुलेको आईपीओ भर्नेलाई हात खाली नहुने कम्पनीले बताइसकेको छ। ८ करोड कित्ताको यो आईपीओ अहिलेसम्मकै धेरै परिमाणको निष्काशन हो। आवेदनकर्ता सबैले आफ्नो आर्थिक अवस्थाअनुसार न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको आवेदन दिन सक्नेछन्। एक कित्ताको सय रुपैयाँ पर्नेछ। धितोपत्र बोर्डका अनुसार नेपालमा २१ लाख ३० हजारभन्दा बढी डिम्याट खाता खुलिसकेका छन्। अहिले यो संख्या झनै बढेको कारण यो कम्पनीको सेयरमा लगानीकर्ताले कम्तीमा पनि ५० कित्ताभन्दा बढीका लागि आवेदन भर्दा उपयुक्त हुनसक्छ।

आईपीओ भर्न मेरोशेयर डट सीडीएससी डट कम डट एनपीबाट अनलाइनबाटै भर्न सकिनेछ।

भर्खर सेयरबजारमा प्रवेश गर्दै हुनुहुन्छ? यो पनि पढ्नुहोस् –
क) सेयरबजारबाट राम्रो नाफा कसरी लिने? लगानीकर्तालाई ६ सुझाव
ख) १० कित्ता आईपीओ बेच्दा फाइदा कि होल्ड गर्दा?
ग) सेयरबजारमा ‘सर्ट–टर्म ट्रेडिङ’ गर्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad