राजनीति


प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस सुरु

नेपालखबर
माघ २, २०७७ शुक्रबार ६:२६,

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरुमाथिको सुनुवाइ सुरु भएको छ। 

बुधबारबाट प्रतिनिधि सभा विघटविरुद्धको मुद्दालाई रिट निवेदकको माग अनुसार बृहत् पूर्ण इजलासमा लैजाने नि संवैधानिक इजलासमा नै जारी राख्ने भन्ने विषयमा बहस सुरु भएको थियो। बुधबार हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा थप सुनुवाइ शुक्रबारका सुरु भएको हो।

रिट दायर गर्नेका पक्षबाट बहस गर्ने वकिलहरुले यो मुद्दालाई बृहत पूर्ण इजलासमा लैजान माग गरेका छन् भने सरकारी पक्षले यसलाई अस्वीकार गरेपछि अहिले बहस बृहत् पूर्ण इजलासमा लैजाने कि संवैधानिक इजलासमै जारी राख्ने भन्नेमा केन्द्रित भएको हो।

संवैधानिक इजलासमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गरिरहेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन्।

संवैधानिक इजलासमै कि बृहत पूर्ण इजलासमा भन्नेमा दुवै पक्षको बहस टुंगिएपछि थप आदेश हुने र त्यसपछि मात्रै प्रतिनिधिसभा विघटन संविधानसम्मत हो कि होइन भन्ने विषयमा बहस हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad