ad ad

कारोबार


‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता

नेपालखबर
साउन १९, २०७६ आइतबार १४:३५,

काठमाडौंमा भदौ अन्तिम साता तेस्रो ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ।

नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौको २५ र २६ गते काठमाडौंमा तेस्रो नेपाल शिखर सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेे सो सम्मेलनमा नेपालले पूर्वाधारको विकासको क्षेत्रमा सन् २०३० सम्मका लागि गर्नुपर्ने तयारीका विषयमा विस्तृत छलफल हुने परिसंघका अध्यक्ष सतिसकुमार मोरले जानकारी दिए।

परिसंघले सम्मेलनमा भारत, बंगलादेश, दक्षिण कोरिया लगायतका देशहरुका प्रतिनिधिहरु सहभागी हुने पनि जनाएको छ। निर्माणको क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी व्यवसायीहरुको समेत उपस्थिति हुने सो सम्मेलनले नेपालको पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .