राजनीति


रौतहटका बाढी पीडितलाई राष्ट्रिय जनमोर्चाको सहयोग

रौतहटका बाढी पीडितलाई राष्ट्रिय जनमोर्चाको सहयोग

नेपालखबर
साउन १९, २०७६ आइतबार १४:०,

बाढी तथा डुबानबाट पीडित रौतहटबासीलाई राष्ट्रिय जनमोर्चाले राहत रकम बितरण गरेको छ।

रौतहट जिल्लाको राजपुर नगरपालिका–१ र २ मा यही साउन १५, १६ र १७ गतेको बाढी तथा डुबानबाट पीडित ७३२ परिवारसहित सर्पले टोकेर मृत्यु भएका दुई परिवारलाई राजमोले राहत दिएको हो।

पीडित परिवारलाई मच्छरदानी र नगद बितरण गरेको राजमो केन्द्रीय कार्यालयले जनाएको छ। पीडितलाई राजमोका सचिव हिमलाल पुरी र तराई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले राहत बितरण गरेका हुन्।

कार्यक्रममा राजमो रौतहटका अध्यक्ष हरिकिशोर महतो, उपाध्यक्ष शेख सलाउद्दिन लगायतको सहभागिता थियो।

केही दिन अघि परेको भीषण वर्षा र लाल बकैया नदीमा आएको बाढीका कारणले उक्त क्षेत्रमा बाढी तथा डुबान परेको हो। भारतले सीमा नजिकै बनाएको बाँधका कारणले लाल बकैया नदीको प्रवाह रोकिन गई नहरमा ठूलो पानीको प्रवाह पस्दा, नहर र नदी नियन्त्रण रोक्न बनाइएका पर्खाल समेत तोडेर उक्त बाढी वस्ती र धान रोपेको क्षेत्रमा प्रवेश गरेको थियो। बाढी र डुबानबाट हजारौं विघा जमिनमा लगाइएको धान नष्ट भएको छ।

rahat rajamo3

यसअघि राजमोले गुल्मीमा पहिरोबाट आफन्त गुमाएका मृतकका परिवार र घाइतेहरुलाई पनि राहत बितरण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .