कारोबार


भाइबरद्वारा ह्वाट्सएपको विकल्प खोज्न प्रयोगकर्ताहरुलाई आव्हान

भाइबरद्वारा ह्वाट्सएपको विकल्प खोज्न प्रयोगकर्ताहरुलाई आव्हान

नेपालखबर
पुस २८, २०७७ मंगलबार १३:३०,

निःशुल्क तथा सहज सञ्चारको लागि विश्वको अग्रणी एपहरुमध्येको एक राकुटेन भाइबरद्वारा ह्वाट्सएपको पछिल्लो गोपनीयता नीति अद्यावधिकप्रति असहमति प्रकट गरेको छ।

विगतमा ह्वाट्सएप प्रयोगकर्ताहरुले फेसबुकसँग आफ्नो नम्बर साझा गर्ने नगर्ने भन्ने निर्णय उनीहरुको इच्छामा निर्भर रहने गरेको थियो भने अब गरिएको परिवर्तनले यसलाई अनिवार्य बनाउने भएको छ। प्रयोगकर्ताले ३० दिनभित्रमा यी नयाँ शर्तहरुमा अनिवार्य सहमति जनाउनु पर्नेछ, अन्यथा उनीहरुले आफ्नो एकाउण्ट प्रयोग गर्न नमिल्ने भएको छ।

यो नीतिका बारेमा अन्यौलग्रस्त भइरहेका ह्वाट्सएप प्रयोगकर्ताहरुले यस बारेमा सजिलोसँग बुझ्न फोब्र्सको लागि पार्मी ओल्सेनले सन् २०१८ मा ह्वाट्सएपका सह–संस्थापक ब्रायन एक्टनसँग गरिएको अन्तर्वार्ता हेर्न अनुरोध गरिएको छ।

अन्तर्वार्तामा उसको बहिर्गमन र उसले गरेको ट्वीटको पछाडी रहेको कारणका बारेमा छलफल गरिएको छ, जसमा ब्रायनले मानिसहरुलाई उनीहरुको फेसबुक एकाउण्ट हटाउन सल्लाह दिँंदै भनेका छन्, ‘मैले मेरा प्रयोगकर्ताहरुको गोपनीयता ठूलो लाभको लागि बेचें। मैले एउटा छनौट र सम्झौता गरेँ र म हरेकदिन त्यसैसँग बाँचेको छु।’

यसको पछिल्लो अद्यावधिकसँगै, ह्वाट्सएपले फेसबुकमा आफूलाई समाहित गराउने प्रक्रिया पूरा गरेको छ। फेसबुक र ह्वाट्सएप एक भएसँगै मेसेजिङ्ग एपका प्रयोगकर्ताहरु पहिले भन्दा बृहत्तर रुपमा मौद्रिकरण हुने भएका छन्, र यो निजी मेसेजिङ्ग खोज्ने उनीहरुका लागि चिन्ताको विषय हुनुपर्छ।

२०२१ जनवरी ४ सम्म ह्वाट्सएपको सम्झौताका शर्तहरुमा देहायको बुँदा उल्लेख गरिएको थियोः

‘हाम्रो डिएनएमा तपाईंको गोपनीयताको लागि सम्मान कोड गरिएको छ। हामीले ह्वाट्सएप प्रारम्भ गरेदेखि नै मजबुत गोपनीयता सिद्धान्तहरुको स्थापनाका साथ हाम्रा सेवाहरु निर्माणमा अभिप्रेरित भै त्यसैमा केन्द्रित रहेका छौं।’

‘यद्यपि, तपाईंको ह्वाट्सएप सन्देशहरु अरुहरुलाई हेर्नका लागि फेसबुकमा साझा गरिने छैनन्। सही अर्थमा, फेसबुकले हाम्रा सेवाहरु उपलब्ध गराउने र संचालन गर्ने कार्यमा हामीलाई सहयोग गर्नेभन्दा बाहेक तपाईंको ह्वाट्सएप सन्देशहरु अन्य कुनै पनि उद्देश्यका लागि प्रयोग गरिने छैन।’

अब अचम्मित तुल्याउँदै यी २ प्रावधानहरु हटाइएका छन्।

डाटा गोपनीयताको हकमा ह्वाट्सएपले लिएको यो ढुलमुले प्रावधानसँग पूर्णतः असहमत हुँदै भाइबरले प्रयोगकर्ताको डाटा सुरक्षित एवं संरक्षित भएको सुनिश्चित गर्न प्रमुख विशेषताहरु कार्यान्वयन गर्दै, उदाहरण दिएर नेतृत्व लिएको छ।

पूर्व निर्धारित एण्ड टु एण्ड इन्क्रिप्सनः निःशुल्क निजी कलहरु र च्याटहरुका लागि पूर्व निर्धारित एण्ड टु एण्ड इन्क्रिप्सन गरिएको छ, यसको लागि कुनै प्रकारको विशेष प्रक्रिया आवश्यक पर्दैन। यो स्पष्ट र सरल छः सहभागीहरुदेखि बाहेक अरु कसैले पनि तपाईंको कलहरु र च्याटहरुसम्म पहुँच हुँदैन, भाइबरको पनि।

पठाइएका सन्देशहरु भाइबरद्वारा भण्डारण गरिदैन र र क्लाउड ब्याकअप पूर्व निर्धारितद्वारा बन्द छः प्रयोगकर्ताहरुले यदि आफ्नो च्याटहरुको जगेडा राख्न चाहेमा उनीहरुले क्लाउड ब्याकअप सुचारु गराउन रोज्न सक्नेछन्, तर भाइबरले प्रयोगकर्ताहरुको सन्देशहरु र कलहरुको कुनै पनि प्रति आफूसँग राख्दैन।

 स्क्रिन गोपनीयताः भाइबरले टप–नोच स्क्रिन गोपनीयता प्रदान गरेर प्रयोगकर्ताहरुलाई च्याटकै क्रममा सन्देशहरु स्वतः नाश गर्न अनुमति दिन्छ र सम्पूर्ण च्याटहरु लुकाउन तथा पिन कोड प्रयोग गरेर मात्र देखिने बनाउन सकिन्छ।

 प्रयोगकर्ताको डाटा फेसबुकसँग साझा गरिँंँदैनः भाइबरले फेसबुकसँगको सबै कारोबारहरु बन्द गरेको छ । समष्टिमा फेसबुकसँग प्रयोगकर्ताको कुनै पनि जानकारी (प्रयोगकर्ताको फोन नम्बर र व्यक्तिगत डाटाहरु) साझा गरिएको छैन, र भविष्यमा पनि गरिँदैन।

‘हालै ह्वाट्सएपको गोपनीयता नीतिमा गरिएको निन्दनीय अद्यावधिकले गोपनीयता सम्बन्धी शर्तलाई हाँसोको प्रतीक बनाइदिएको छ। अद्यावधिकबाट ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयतालाई कसरी अवमुल्यन गरेको रहेछ भनेर प्रमाणित गरिदिएको मात्र छैन यसले प्रयोगकर्ताहरुको अभिलेखको अनादर गर्नमा नयाँ रेकर्ड बनाएको पनि देखिन्छ, र भविष्यमा पनि यस्तै प्रक्रिया नदोहोरिएला भन्न सकिंदैन।

आज, म भाइबरको गोपनीयता नीतिमा पहिलेभन्दा अझ बढी गर्व गर्छु, र म सम्पूर्ण जनहरुलाई जसले आफूहरुलाई बिक्ने डाटामात्र होइन भनठान्नु हुन्छ, वहाँहरुलाई सन्देश र कल गर्न अब भाइबरमा आउन आव्हान गर्दछु।’ राकुटेन भाइबरका प्रमुख कार्यकारी अधिकृत जमेंल अगाउवाले भन्नु भएको छ।

राकुटेन भाइबरको बारेमा

राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ। हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन्। हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन्।

राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ। भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ र कलिङ एप पनि हो । आजै भाइबरमा जोडिनुहोस् र विश्वकै उत्कृष्ट सञ्चार माध्यमको अनुभव संगाल्नुहोस्।

Comparitive_Chart.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .