कारोबार


एभरेष्ट बैंकद्वारा १०.५३ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंकद्वारा १०.५३ प्रतिशत लाभांश पारित

नेपालखबर
पुस २७, २०७७ सोमबार ११:४४,

एभरेष्ट बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।

भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ। 

साधारण सभाले सेयरधनीहरुलाई आ.व. २०७६/०७७ का लागि ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले प्रस्तावित बोनस सेयर जारी भए पश्चात चुक्ता पुँजी वृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै जुममार्फत सेयरधनीहरुका धारणासमेत समावेश गरेको बैंकले जनाएको छ।

वार्षिक साधारण सभाबाट आगामी ४ वर्षका लागि सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक नबिनभक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad