सुनको मूल्य आज प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको छ।
शुक्रबार ९५ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९३ हजार रुपैयाँ प्रतितोला कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार पुस २२ गतेदेखि सुनको मूल्य निरन्तर घटिरहेको छ। तर आज भने मूल्य ह्वात्तै घटेको हो।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ रहेको चाँदी आज अर्थात् आइतबार १ हजार २ सय ७० कायम भएको हो।

प्रतिक्रिया