खेल


क्रिकेटर कुन्दन राजपूतको निधन

क्रिकेटर कुन्दन राजपूतको निधन

नेपालखबर
पुस २६, २०७७ आइतबार ५:३६,

दुवै मिर्गौलामा समस्या आएका कारण बिरामी रहेका क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ।

उनको आइतबार बिहान जलेश्वरस्थित घरमै निधन भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

एक वर्षदेखि दुवै मिर्गौला बिग्रेपछि उनी नियमित डायलासिस गराउँदै आएका थिए। क्यानले सामाजिक सञ्जालमार्फत उनको निधनप्रति दुख व्यक्त गरेको छ।

दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा उनले प्रदेश २ बाट खेलेका थिए।

घरको आर्थिक स्थिस्ति कमजोर भएका कारण उनको उपचारका लागि खर्च जुटाउँन ‘कुन्दनसिंह बचाउ अभियान’ समेत चलाईएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad