लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता गरेको छ।
सम्झौता अन्तर्गत गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारी लगायत अन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन्।
एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त सम्झौतामा हस्ताक्षर गरे।
सो कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले गाउँपालिकाहरुमा कृषि तथा पर्यटन लगायत सम्भाव्यता बोकेका क्षेत्रहरुमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा ब्यक्त गरे।
यस सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ।
प्रतिक्रिया