कारोबार


उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

नेपालखबर
पुस २१, २०७७ मंगलबार ८:६,

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिफारिसमा सोमबार बसेको मन्त्रीपरिषदको बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो।

मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने सहित तीनजनालाई सिफारिस गरेकोमा न्यौपाने नियुक्त भएका हुन्।

समितिमा पूर्वसचिवहरु कृष्णहरि बास्कोटा, रामेश्वर खनाल, नारायण बिँडारी समेत थिए।

माछापुच्छ्रे बैंकका संचालक रहेका न्यौपानेसँग संचालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ।

न्यौपानेसँग चौधरी ग्रुप जस्तो प्रतिष्ठित संस्थामा महाप्रबन्धकको रुपमा दुई दशक लामो समय काम गरेको अनुभव छ।

नेपाल चार्टड एकाउन्टेन्ट संघका सदस्य समेत रहेका न्यौपाने नेपाल बार एसोसिएसनका सदस्य समेत हुन्। उनी नेपाल अटो मोबाइल्स संघ नाडाका महासचिव समेत भइसकेका छन्। त्यस्तै न्यौपाने नागरिक ट्रस्ट फन्ड, नागरिक् कम्युनिटी टिचिङ अस्पताल जस्ता सामाजिक संस्थाहरुमा आबद्ध छन्।

उनी शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यवसायिक रुपमा आबद्ध छन्।

न्यौपाने अर्थविज्ञ, लेखापरीक्षक तथा कानुन ब्यबशायी समेत रहेका न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पुर्वान्चल विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्।

उदयपुर सिमेन्टमा न्यौपानेको कार्यकाल ४ बर्षको रहनेछ। सुरेन्द्र कुमार पौडेल २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उदयपुर सिमेन्टमा उक्त पद खाली थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad