समाज


१३ वर्षीय बालकसहित बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु

१३ वर्षीय बालकसहित बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु

नेपालखबर
पुस २१, २०७७ मंगलबार ८:१३,

बाँकेमा १३ वर्षीय बालकसहित थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमणपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारत २ र भेरी अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्वाङले गएराति बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको बताए।

प्रजिअ कुरुङम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दाङ घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। त्यस्तै भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको पनि गए राति नै उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै बाँकेमा कोरोना संक्रमणका १२८ जनाको मृत्यु भएको छ। जसमध्ये ४८ जना बाँकेका र ८० जना बाहिरि जिल्लाबाट उपचार गर्न आउने रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad