राजस्व अनुसन्धान विभागले व्यवसायी राम किशोरविरुद्ध एक अर्ब बढी राजस्व छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
राम किशोरले मजदुरको नाममा २६ वटा फर्म खोली राजस्व छली गरेको विभागको दाबी छ।
अनुसन्धानका क्रममा राम किशोरको कर्तुत खुलेपछि २८ जनाविरुद्ध १ अर्ब ३२ करोड बिगो दाबीसहितको मुद्दा दायर गरिएको हो।
विभागले झूठो तथा नक्कली बिलबीजक जारी गरी राम किशोरले मोहन टे«ड इन्टरनेश्नललगायत विभिन्न २६ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुरको नाममा दर्ता गरी आयकर छलेको उल्लेख गरेको छ।
‘सबै फर्मको खाता राम किशोरले नै सञ्चालन गरी विभिन्न फर्मको नाममा झूठो तथा नक्कली बिलबीजक जारी गरी आर्थिक वर्ष २०७१÷०७२ देखि ०७४÷०७५ सम्ममा मूल्यअभिवृद्धि कर ४३ करोड, आयकर ८६ करोड र लाभांश कर २ करोड राजस्व चुहावट गरेको हो’, विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया