बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि सरकारले नयाँ नियुक्तिको प्रक्रिया सुरु गरेको छ। यहि २३ गतेबाट उनको चार वर्षे कार्यकाल सकिने भएपछि नयाँ अध्यक्ष छनोटको लागि सरकारले प्रक्रिया सुरु गरेको हो।
अर्थ मन्त्रालयको बित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले नयाँ नियुक्तिको लागि प्रक्रिया सुरु गरेको जनाएकाे छ।
चापागाईंले सोमबारदेखि विदा बस्ने जानकारी उक्त तालुकदार महाशाखालाई गराएका थिए। उनको हिजो (मंगलाबार) विदा स्वीकृति गरिएको हो।
महाखाशाले साे सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेललाई जानकारी गराइसकेको छ। पौडेललाई नयाँ अध्यक्ष नियुक्तिको लागि मन्त्रिपरिषद्मा जानकारी लान समेत भनेको छ।
बीमा समितिको अध्यक्ष नियुक्तिको लागि मन्त्रिपरिषद्को बैठकले एक छनोट समिति गठन गर्ने छ। समितिले योग्य उम्मेदवारहरुको लागि आवेदन माग गर्ने छ। र त्यसमध्ये अर्थमन्त्री मार्फत मन्त्रिपरिषद्मा ३ जनाको नाम सिफारिस गर्ने छ।
ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ।
आजदेखि विदामा बीमा समिति अध्यक्ष चापागाईं, को बन्ला भावी अध्यक्ष?
Shares
प्रतिक्रिया