बुधबार साँझ बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
केहीबेर अघि सुदूरपश्चिमका आफूनिकट कार्यकर्तालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा गएका हुन्।
प्रतिनिधि सभा विघटनपछि नेकपा (प्रचण्ड–नेपाल) पक्षका केही मन्त्रीहरुले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले तत्काल रिक्त मन्त्रालयलमा नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद हेरफेर गरेका थिए। मन्त्रिपरिषद पुनर्गठनपछिको यो दोस्रो बैठक हो।

प्रतिक्रिया