ad ad

कारोबार


बर्जर पेन्ट्सको तर्फबाट इटहरीका जयनाथले पाए पाँच लाख नगद, दुई जोडीलाई लण्डन ट्रिप

बर्जर पेन्ट्सको तर्फबाट इटहरीका जयनाथले पाए पाँच लाख नगद, दुई जोडीलाई लण्डन ट्रिप

नेपालखबर
पुस १५, २०७७ बुधबार ९:१,

विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सले बर्जर कलर स्प्ल्यास २०७६ का विजेता जयनाथ सापकोटालाई बम्पर पुरस्कारको रकम रु ५ लाख नगद प्रदान गरेको छ।

बर्जर हाउसमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा कम्पनीले प्रवद्र्धनात्मक अफर अन्तर्गत प्रथम पुरस्कार विजेता रमेश श्रेष्ठलाई पहिलो पुरस्कार बापत लण्डन ट्रिप प्याकेजको टिकट र आधिकारिक पत्र पनि प्रदान गरेको छ।

यो योजना २०७६ सालको दशैं तिहारको अवसरमा (भदौ देखि पुष २०७६) संचालन गरिएको थियो, जुन योजना अन्तर्गत ग्राहकहरुले सीमित बर्जर पेन्ट्का उत्पादनहरुको खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस पक्का उपहार प्राप्त गर्नुका र साथसाथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगिता मार्फत् अन्य आकर्षक उपहारहरु जित्ने अवसर पनि दिइएको थियो।

योजनामा सहभागी ६ हजार भन्दा बढी ग्राहकहरुमध्येबाट १७८ जना विजेताहरुको घोषणा प्रत्यक्ष लक्की ड्रबाट गरिएको थियो। जस अनुसार बम्पर उपहार विजेता जयनाथ सापकोटा (इटहरी) रु पाँच लाख, प्रथम पुरस्कार दुई जोडीलाई लण्डन ट्रिपमा पूर्णमान गुरुङ्ग (उर्लाबारी) र रमेश श्रेष्ठ (भक्तपुर) ले प्राप्त गरेका छन्।

20201228_114339.jpg

यसैगरी लक्की ड्र मार्फत् २५ जना विजेताहरुले दोस्रो पुरस्कार वापत् ३२ इन्चको सामसुङ्ग टीभी, ५० जना विजेताहरुले तेस्रो पुरस्कार स्वरुप आन्तरिक ट्रिप र १०० जना विजेताहरुले सान्त्वना पुरस्कारमा सामसुङ्ग एम२० पुरस्कारहरु पनि प्राप्त गरेका छन्।

योजनाका विजेताहरुलाई बर्जर पेन्ट्स नेपालका कन्ट्रि म्यानेजर सैवाल घोष, चिफ अपरेटिङ्ग अफिसर सत्य प्रकाश तथा टर्किस एयरलाइन्स इन्क, नेपालका जनरल म्यानेजर अब्दुल्ला टुन्सेर केसेसिका साथै अन्य अधिकारीहरुको समुपस्थितिमा पुरस्कारहरु वितरण गरिएको थियो।

बर्जर पेन्ट्स नेपालमा सर्वोत्कृष्ट पेन्टहरुको लागि परिचित छ र यसले हालसालै सिल्क ग्ल्यामर, सिल्क ब्रेथ इजि, वेदर कोट लङ्ग लाइफ, वेदर कोट अल गार्ड, वेदर कोट एन्टि डस्ट, सिल्क इलुसन्स, सील–ओ–प्राइम र स्वचालित एक्सपी मेसिनबाट संचालन हुने एक्सपी श्रृंखलाका सम्पूर्ण उत्पादनहरु लगायतका नवीनतम उत्पादनहरु बजारमा प्रस्तुत गरिसकेको छ।

बर्जर पेन्ट्सले पछिल्लो पटक पूर्णतया वाटरप्रुफ्रिङ्ग उत्पादनहरु होम सिल्ड नामबाट प्रस्तुत गरिसकेको छ। मुख्य ब्राण्डहरुमा पियु कोट, ड्याम्प सिल्ड इलास्टो, सिमेन्ट मिक्स प्लस, एडभान्स्ड लेटेक्स प्लस र टायल क्लिनर रहेका छन्। बर्जर पेन्ट्स विश्वस्तरीय प्रविधि एवं वैज्ञानिक रुपमा झँझटरहित वाटरप्रफ्रिङ्गका समाधानहरु प्रस्तुत गर्न प्रतिबद्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .