कारोबार


२१ दिनभित्र भुक्तानी पाउने आश्वासनपछि उखु किसानको आन्दोलन स्थगित

२१ दिनभित्र भुक्तानी पाउने आश्वासनपछि उखु किसानको आन्दोलन स्थगित

नेपालखबर
पुस १३, २०७७ सोमबार १२:५२,

सरकारले आगामी ३ हप्ताभित्र सबै बक्यौता भुक्तानी गराइदिने प्रतिबद्धता जनाएपछि उखु किसानले आन्दोलन स्थगित गरेका छन्।

उखु किसान र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच आज भएको वार्तापछि किसानहरुले आन्दोलन स्थगित गर्न सहमत भएका हुन्।

वार्तामा सबै भुक्तानी ३ हप्ताभित्र गराइदिने आश्वसन मन्त्रालयले दिएको थियो। भुक्तानी पाउने आश्वासनपछि किसानहरुले आन्दोलन स्थगित गर्ने सहमति गरेका हुन्।

आज भएको छलफलमा उद्योगी, सरकार र किसान मिलेर बक्यौतासम्बन्धी विषयमा प्रतिवेदन नै तयार गर्ने सहमति जुटेको छ।

उक्त प्रतिवेदन आगामी ४ महिनाभित्र सरकारलाई पेश गर्ने सहमति समेत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad