कारोबार


ओपोद्वारा भारतमा फाइभजी इन्नोभेशन ल्याबको स्थापना

ओपोद्वारा भारतमा फाइभजी इन्नोभेशन ल्याबको स्थापना

नेपालखबर
पुस १२, २०७७ आइतबार ११:३६,

ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माण कार्यका लागि आफ्नो हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी इन्नोभेशन ल्याब स्थापनाको घोषणा गरेको छ।

फाइभजीको ब्यवसायीकरण तथा तीब्र गतिमा विकासोन्मुख क्षेत्रमा भारतको सटिक प्राविधिक उपस्थिती दर्साउने यो पहल ओपोका लागि निकै महत्वकांक्षी कदमका रुपमा रहेको छ।

‘ओपोको प्राविधिक विकासका लागि फाइभजी एक अपरिहार्य दिशाका रुपमा रहँदै आएको छ। भारतमा फाइभजी ल्याबको स्थापनासँगै फाइभजी ईकोसिस्टमका लागि अत्यावश्यक मुलभूत प्रविधिहरुको निर्माण हाम्रो प्रमुख उद्देश्य हो’, ओपो रिचर्स ईन्ष्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने, ‘ साथै हाम्रा पार्टनर्सहरुका साथमा औद्योगिक रुपान्तरणलाई थप अगाडी बढाउन यसले उल्लेख्य तेवा पुर्‍याउने हाम्रो विश्वास छ।’

विकास अग्रसर ओपोको यो कदमले ब्राण्डद्वारा भरखरै घोषित थ्री+एन+एक्स रणनीतिको सटिक प्रतिनिधित्वपनि गरेको छ। जहाँ ‘एन’ले फाइभजी, एआई र कनेक्टिभिटी लगायत आवश्यक दक्षता/क्षमताको प्रतिनीधित्व गर्छ। स्थापित नयाँ ल्याबले यावत् क्षेत्रहरुमा प्राविधिक क्रान्तिका लागि सुधारोन्मुख कार्य गर्नेछ।

फाइभजी क्षेत्रकै एक सक्रीय कम्पनीका रुपमा ओपोले फाइभजी मानक, उत्पादन विकास, एप्लिकेशन विकास तथा नवप्रबर्तनका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेको छ। सन् २०१५मा एकीकृत थ्रीजीपीपी मानकका लागि ग्लोबल पुश गर्ने ओपो नै एक मात्र कम्पनीका रुपमा रहेको थियो। सन् २०२०को सेप्टेम्बरसम्म आईपुग्दा ओपोले तीन हजार भन्दा बढी थ्रीजीपीपीका लागि फाइभजी मानक सम्बन्धी प्रस्तावना पेश गरिसकेको छ।

साथै, १ हजार फाइभजी मानक प्याटेन्ट फेमिलिज् ईटीएसआईका लागि घोषणा गरिसकेको छ। जापानी रिसर्च ईन्ष्टिच्यूशन एनजीबी कर्पोरेशनका अनसार फाइभजी प्याटेन्ट फेमिलिज घोषणा गर्ने कुरामा ओपो वैश्विकस्तरमै दश अग्रणी कम्पनी मध्यको एकमा पर्दछ।

वैश्विक बजारमा फाइभजीको ब्यवसायिकरणलाई तिब्रता दिन ओपोले एरिक्शन र क्वालकम जस्ता औद्योगिक क्षेत्रमै अग्रणी पार्टनर्सहरुसँग नजिक रही सहकार्य अघि बढाइरहेको छ। यस वर्ष कम्पनीले स्विट्वरल्याण्डमा कमर्शियल स्ट्यान्डअलोन फाइभजी नेटवर्क मार्फत भ्वाइस तथा डाटा कल्स गर्ने कार्यमा सफलता पनि हात पारिसकेको छ।

यसका साथै, ओपोले भारतबाट पहिलो फाइभजी ह्वाट्सएप कल गर्ने कार्यमा पनि सफलता हात पारिसकेको छ। हालको दिनसम्म आईपुग्दा ओपोले विश्वभरका ५० भन्दा बढी संस्था संग फाइभजी सेवा उपलब्ध गराउनका लागि सहकार्य गरिरहेको छ।

प्राविधिक उपलब्धिको सम्वाहकका रुपमा आफ्नो बर्तमान अवस्थालाई थप विकसित गर्दै र अभुतपूर्व नवप्रबर्तनका लागि आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै ओपोले विशेषतः क्यामेरा, उर्जा तथा ब्याटी र परफरमेन्स समर्पित थप तीन फञ्शनल ल्याब भारतमा सञ्चालनमा ल्याउने तयारीपनि गरेको छ। विश्वभरका आफ्ना प्रयोगकर्ताका लागि यी ल्याबले नवप्रबर्तनात्मक तथा अत्याधुनिक प्रविधि विकास गर्ने कार्यमा आफ्नो ध्यान केन्द्रित गर्ने जानकारी दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .