कारोबार


पहिलो कारोबार दिनमै ३९.९८ अंकले ओर्लियो नेप्से, साढे ४ अर्बको सेयर किनबेच

पहिलो कारोबार दिनमै ३९.९८ अंकले ओर्लियो नेप्से, साढे ४ अर्बको सेयर किनबेच

नेपालखबर
पुस १२, २०७७ आइतबार १०:१७,

साताको पहिलो कारोबार दिन आज सेयरबजारमा गिरावट आएको छ। आइतबार नेप्से ३९.९८ अंकले घटेर १९९८.६५ विन्दुमा रोकिएको छ। सेन्सिटिभ सूचक पनि आज ५.३३ अंकले घटेर ३८१.४३ अंकमा रोकिएको छ।

आज सेयरबजारमा २०४ कम्पनीको सेयर किनबेच भएका छन्। दिनभरिमा ४२ हजार ८ सय ४२ पटकको खरिदबिक्रीपछि ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६ सय ५८ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज ८२ लाख ५४ हजार कित्ता सेयर बिक्री भएका छन्। आज कुल १२ समूहकै कारोबार सूचक राता छन् भने जीवन बीमा र निर्जीवन बीमाका सूचक धेरै अंकले झरेका छन्।

धेरै कारोबार भने आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २२ सय २४ रुपैयाँ अन्तिम मूल्यमा आज ६८ करोडको सेयर किनबेच भएको हो।

त्यस्तै नबिल बैंकको ४० करोडको, एनआईसी एसिया बैंकको २६ करोडको, पुनर्बीमा कम्पनीको २५ करोडको, नागरिक लगानी कोषको १९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

त्यस्तै आज कमाउने लगानीकर्ता भने नारायणी डेभलपमेन्ट बैंकका छन्। बैंकको सेयर ९.८१ प्रतिशतले बढ्दा उनीहरुले प्रतिकित्ता ३७ रुपैयाँ आर्जन गरेका छन्। अन्य कम्पनीको थोरै दरमा सेयर मूल्य बढेको छ। यसबाहेक गुमाउने कम्पनीहरुको ५.५४ प्रतिशतसम्म सेयरमूल्य घटेको छ। त्यसमा विशालबजार कम्पनी पहिलो नम्बरमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad