यसबीचमा फेसबुकले एक करोड ३१ लाख लाइक्स भएको एप्पलको आधिकारिक फेसबुक पेजको ‘ब्ल्यू टिक’ हटाइदिएको छ।
एप्पलले आफ्नो नयाँ उत्पादनमा गोपनियता सम्बन्धी नियममा परिवर्तन ल्याउने भएपछि फेसबुक एप्पलसँग रुष्ट बनेको हो।
यसैहप्ताको मंगलबारदेखि एप्पलको फेसबुक पेजमा ब्ल्यू टिक देखिन छाडेको बताइएको छ। कुनैपनि कम्पनीको फेसबुक पेजलाई आधिकारिकता प्रदान गर्न फेसबुकले ब्ल्यु टिक लगाइदिने गर्दछ।
एक करोडभन्दा बढीले लाइक गरेको एप्पलको पेजबाट आधिकारिकता प्रस्तुत गर्ने संकेत हटाइएपछि फेसबुक र एप्पलको विवाद उत्कर्षमा पुगेको बुझ्न सकिन्छ।
एप्पलको अपरेटिङ प्रणाली आइओएस १४.४ आगामी वर्षदेखि संचालनमा आउनेछ। नयाँ अपरेटिङ प्रणाली प्रयोग गर्नेले कुनैपनि एप्स प्रयोग गर्दा आफ्नो स्थानको जानकारी दिनेकी नदिने भन्ने सुविधा प्रदान गर्नेछ।

फेसबुकले साना व्यापारलाई सहयोग गर्ने योजना ल्याएको छ। जसअनुसार फेसबुकले प्रयोगकर्ताको स्थानलाई ट्र्याक गरेर त्यही वरपरका व्यवसायको विज्ञापन दिने गर्दछ।
एप्पलले भने प्रयोगकर्ताको स्थानलाई ट्र्याक गरेर विज्ञापन गर्ने फेसबुकको योजनाविरुद्ध नयाँ सुविधा दिन लागेको हो।
एप्पलका कार्यकारी अधिकृत टिम कुकले फेसबुकलाई इंगित गर्दै हालै प्रयोगकर्तालाई आफ्नो डेटा दिने या नदिने भन्ने आत्मनिर्णय गर्न दिनुपर्ने बताएका थिए।
उनले एक ट्वीटमा फेसबुकलाई आफ्नो गतिविधि ट्र्याक गर्न दिने कि नदिने भन्ने विकल्पसहितको फोटो पोस्ट गरेपछि फेसबुक रुष्ट बनेको हो।
— Tim Cook (@tim_cook) December 17, 2020We believe users should have the choice over the data that is being collected about them and how it’s used. Facebook can continue to track users across apps and websites as before, App Tracking Transparency in iOS 14 will just require that they ask for your permission first. pic.twitter.com/UnnAONZ61I
Shares

प्रतिक्रिया