ad ad

कारोबार


शनिबार हुवावे आईसीटी अवार्ड हुँदै, विजेताले पाउनेछन् ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधा

शनिबार हुवावे आईसीटी अवार्ड हुँदै, विजेताले पाउनेछन् ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधा

नेपालखबर
पुस ९, २०७७ बिहिबार १०:२३,

सूचना प्रविधि क्षेत्रको परिचित आईसीटी अवार्डको पाँचौँ संस्करणको ग्राण्ड फिनाले शनिबार काठमाडौंमा हुने भएको छ।

कोरोना महामारीको कारण यस वर्षको आईसीटी अवार्ड नियमित समयभन्दा ढिलो भएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए।

सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न गरिन आयोजक लिभिङविथ आईसीटीले जनाएको छ।

अवार्डमा गत वर्षभन्दा ३ गुणा बढी नोमिनेसन प्राप्त भएको, छनौट प्रक्रियामा ४ महिनाको समयमा २५ भन्दा बढी जुरी मिटिङहरू सम्पन्न भएको लम्सालले बताए।

हुवावे आईसीटी अवार्ड २०२० मा विभिन्न १२ विधाहरूरहेका छन्। यस वर्ष ३५० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको आयोजकले जनाएको छ।

अवार्ड सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३० भन्दा बढी संस्थाहरूको सहकार्य र सहयोग रहेको छ।

अवार्डको जुरी सल्लाहकारमा सिलिकन भ्याली अमेरिकाका सोफी एल्कर्नको सहभागिताले अन्तर्राष्ट्रियस्तरमा कम्पनी विस्तार गर्न चाहने नेपाली स्टार्टअपलाई सघाउ पुग्ने आयोजकको विश्वास छ।

हुवावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौटपश्चात् उत्कृष्ट ५ को घोषणा भएको छ।

डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ। यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेता फाइनल कार्यक्रममै घोषणा हुने आयोजकले बताएको छ।

के–के पाउँछन् अवार्ड विजेताले ?
आईसीटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, सिल्डबाहेक पनि अन्य धेरै कुराहरू प्राप्त गर्नेछन्।

यस वर्ष स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्डअन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर मिल्नेछ।

बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बंैकले १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन्। इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम (३ लाख) पुरस्कारको रूपमा प्राप्त गर्नेछन्।

नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि उच्च गतिको फाइबर टु होम सेवा प्रदान गर्नेछ। जिनियस सोलुसनले विजेताहरुलाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्नेछ।

सर्वोत्कृष्टलाई ई–सेवाले आफ्नो बिजनेश इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ। साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .