कारोबार


अमेरिकन एयरलाइन्सको जहाजले टेकअफ लिन लाग्दा धावनमार्गमा अर्को विमान आइपुगेपछि...

अमेरिकन एयरलाइन्सको जहाजले टेकअफ लिन लाग्दा धावनमार्गमा अर्को विमान आइपुगेपछि...

नेपालखबर
असार १४, २०८३ आइतबार १०:५४, काठमाडौँ

कम्तिमा १३२ जना सवार अमेरिकी एयरलाइन्सको एउटा विमान मियामी अन्तर्राष्ट्रिय विमानस्थल ठूलो दुर्घटना नजिक पुगेर जोगिएको छ।

जहाजले उडानका लागि धावनमार्गमा ‘स्पिड’ लिइरहेको थियो। बर्मुडातर्फ उड्नुपर्ने सो विमान एक्कासि त्यहीँ रोकियो। सीएनएनका अनुसार अमेरिकी एयरलाइन्सको जहाजले टेकअफ लिने ठाउँ नजिक अर्को जहाज आइपुगेको थियो। त्यो सानो बिजनेस जेट थियो। दुई विमानहरु ठोक्किनबाट करिब ५ सय मिटरमात्र टाढा रहे।

टेकअफका लागि अनुमति पाइसकेको अवस्था भए पनि धावनमार्गमा अर्को जहाज देखेपछि पाइलाटले उडान रोकेका थिए। लाइभ एटीसी डट कमको अडियोमा घटना हुँदा बिजनेस जेटका पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीच तनाबपूर्ण भनाभएको सुनिन्छ।

शुक्रबार पनि न्यूजर्सीमा एउटा अर्को जहाज दुर्घटना हुनबाट थोरैले बचेको थियो। युनाइटेड एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा ड्रोनसँग ठोक्किनबाट थोरैले जोगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad