माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।
सम्झौता पश्चात शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ सेवा प्रदान गर्नेछ। साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्नेछ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. ले यसअघि पनि सरल र सहज बैंकिङ्ग सुविधाका प्रदान गर्नका लागि बिभिन्न संघसंस्थाहरु संग सम्झौता गरेको छ।
बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३०३ स्थानमा रहेका सेवा सञ्जाल तथा २०० वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पीओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ।
Shares
प्रतिक्रिया