कारोबार


संसद् विघटनले आर्थिक मुद्दा ओझेलमाः नेपाल समुद्रपार निकासी पैठारी संघ

संसद् विघटनले आर्थिक मुद्दा ओझेलमाः नेपाल समुद्रपार निकासी पैठारी संघ

नेपालखबर
पुस ६, २०७७ सोमबार ११:५०,

संघीय संसद् (प्रतिनिधिसभा) विघटन र मध्यावधि निर्वाचन घोषणाले मुलुकको आर्थिक मुद्दालाई ओझेलमा पारेको भन्दै मुलुकमा उत्पादन पछिल्लो राजनीतिक घटनाक्रमबाट नेपाल समुद्रपार निकासी पैठारी संघ चिन्तित भएको बताएको छ।

संघीय संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणाबाट मुलुकमा राजनीतिक अस्थिरता बढ्ने र आर्थिक मुद्दा ओझेलमा पर्न सक्ने खतराले मुलुकको व्यावसायिक वृत्तलाई गम्भीर रुपमा चिन्तित बनाएको संघको भनाइ छ।

राजनीतिक अस्थिरताले तल्लो तहका नागरिक मात्र नभई मध्यम आय स्तर भएका नागरिकमा समेत नकरात्मक असर पर्न जान सक्ने प्रति समेत संघको ध्यानाकर्षण भएको छ।

यसै पनि लामो समयको राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वका कारण मुलुकले आर्थिक समृद्धितर्फ अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको अवस्थामा पछिल्लो राजनीतिक घटनाक्रमबाट त्यो जनचाहनामा तुषारापात भएको उसको ठहर छ।

यतिखेर कोरोना भाइरसको महामारीबाट आक्रान्त जनसाधारण र अर्थतन्त्रलाई उकास्नेतर्फ सिंगो मुलुकको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता भएको भन्दै सुझबुझ पूर्ण तरिकाले अघि बढ्न तथा आर्थिक मुद्दालाई राजनीतिक दाउपेचको सिकार हुन नदिन सरोकारवाला सबैमा यो संघ हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad