रेमिट्यान्स आगमन (विप्रेषण आप्रवाह) ११.२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिनामा ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई २ अर्ब ५ करोड पुगेको छ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो। ४ महिना अवधिमा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५. प्रतिशतले कमी आई १९ हजार २ सय ५१ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९ सय ३१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो।
Shares

प्रतिक्रिया