इन्टरनेट सेवा प्रदायक भायानेटको भायाटिभीमा अब बलिउड सिनेमा पनि हेर्न सकिने भएको छ।
कम्पनीले भायाटिभीमार्फत अझ बढी मनोरञ्जन प्रदान गर्न बलिउड सिनेमाको लागि ‘शीमारु अन डिमान्ड’ मुभी प्याक मार्फत पनि समावेश गर्न लागेको जनाएको छ।
ग्राहकले प्रतिमहिना भ्याटसहित ९९ रुपैयाँ तिरेर २५ वटा शानदार क्लासिक बलिउड सिनेमाहरुको आनन्द लिनसक्ने भायानेटले जनाएको छ।
भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्युनिकेसन सोलुसन प्र्रदायक हो।
3
Shares

प्रतिक्रिया