पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश अँध्यारो सुरुङमा फसिसकेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै डा. भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन्।
उनले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको संवैधानिक र कानुनी उपचारको झिनो आशा भए पनि भर पर्न भने नसकिने बताएका हुन्।
यसको दिगो उपचार भनेको राजनीति नै भएको हुँदा संगठित, एकीकृत, सशक्त जनप्रतिरोध र प्रतिनिधिसभाको बैठक ( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको) आवश्यक रहेको बताएका छन्।
‘वैशाखमा चुनाव हुनेवाला छैन। देश अँध्यारो सुरूंगमा फसिसक्याे।संवैधानिक/कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न। दीगो उपचार राजनीतिक नै हो : १, संगठित/एकीकृत/सशक्त जनप्रतिरोध, २, प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोग; हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)।’, डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
बैशाखमा चुनाव हुनेवाला छैन।देश अॅध्यारो सुरूंगमा फसिस्क्यो।संवैधानिक/कानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न।दिगो उपचार राजनीतिक नै हो:१.संगठित/एकिकृत/सशक्त जनप्रतिरोध;२.प्रतिनिधिसभाको बैठक( जनतामा निहित सार्वभौमसत्ताको प्रयोग;हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)
— Baburam Bhattarai (@brb1954) December 21, 2020

प्रतिक्रिया