कारोबार


धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण र आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणबारे तालिम कार्यक्रम सञ्चालन गर्ने

धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण र आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणबारे तालिम कार्यक्रम सञ्चालन गर्ने

नेपालखबर
असार १६, २०८३ मंगलबार १२:३२, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग सम्बन्धित टार्गेटेड फाइनान्सियल स्यांक्सन बारे सूचक संस्थाका कर्मचारीलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले सोमबार पदबहाली गर्दै उक्त निर्णय गरेका हुन्। 

यसबाट सूचक संस्थामा एएमएल÷सीएफटी÷सीपीएफसम्बन्धी अवधारणा तथा बुझाइको क्षमता अभिवृद्धि हुने र नेपालको इफेक्टिभनेस रेटिङको इमिडियट आउटकम १० र ११ मा सुधार भई ग्रे लिस्टबाट बाहिर निस्किन सहयोग पुग्ने अपेक्षा रहेको बोर्डले जनाएको छ। 

भट्ट गत ५ गते मन्त्रिपरिषद्को निर्णयबाट अध्यक्ष नियुक्त भएका थिए। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट पद तथा गोपनीयताको शपथ लिएपछि बोर्डमा पदबहाली गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad