महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई ब्याजदरमा सहुलियत प्रदान गर्ने भएको छ।
कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, व्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ।
बैंकले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनरकर्जा कार्यविधि अन्र्तगत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ।
यसरी पुनरकर्जा सुबिधाका लागी कोभिड १९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न वर्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ।

प्रतिक्रिया