बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा विशेष छुट हुने भएको छ।
बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट उपलब्ध गराउने गरी बैंक र ल्याबबीच सम्झौता भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क क्षेणीको मान्यता प्राप्त प्रयोगशाला श्री नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.ले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ।
उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्नबहादुर खड्का र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि., रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरे।
बैंकले हाल बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
Shares

प्रतिक्रिया