ट्राफिक प्रहरी महाशाखाले विभिन्न मितिमा हराएका र चोरी भएका २२ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले ती मोटरसाइकल फेला पारेको थियो। ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित कार्यक्रममा महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकल हस्तान्तरण गरे।
साथै सोही अवधिमा मोटरसाइकल चोरीमा संलग्न ११ जना व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि उपत्यकाका बिभिन्न प्रहरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
साे क्रममा महाशाखाका प्रमुख भट्टराईले भने, ‘असुरक्षित पार्किङ्ग स्थल, एकान्त स्थलमा पार्किङ गरेका र अतिरीक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका मोटरसाईकल बढी चोरी हुन्छन् ।’
सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, ‘एकै छिन हो’ भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न भट्टराईले सुझाव दिए।
साथै मंसिर महिनाको अवधीमा नेपाल प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गरी सवारी नियम उल्लंघन गर्ने चालकहरूले प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रकारको प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रहरी कर्मचारी सम्मानित भएका छन्।
आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गरी संगठनको छवि समेत उच्च राख्ने तथा अन्य प्रहरी कर्मचारीह गरेको भन्दै ट्राफिक प्रहरी महाशाखा तथा मातहतमा कार्यरत २२ जना (प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक १, प्रहरी हवल्दार ४ र प्रहरी जवान १६) प्रहरी कर्मचारीहर लाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया