कारोबार


‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एसिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एसिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ८:५६,

एनआईसी एसिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ।

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहक महानुभावहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहक महानुभावहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नेछन्। उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस वा एनसीएचएल–आईपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा छ ।

यस ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकले बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ। यस प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैले तोकिएको कारोबार सीमाभित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना नै गर्न सक्नेछन्।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टिलेयर अथेन्टिकेसनको व्यवस्था गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए। उनका अनुसार कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने सुरक्षित बाटोको व्यवस्था गरिएको छ।

साथै ग्राहकले आवश्यकता अनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू समेत आबद्ध गरी कारोबार गर्न सकिने सुविधा छ। यस प्रणालीको प्रयोगले बैंकको शाखामा नपुगी विभिन्न भुक्तानीहरू अनलाईनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ सहज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad