ad ad

कारोबार


देशभरका होमस्टे सञ्चालन गर्ने होसानको निर्णय

देशभरका होमस्टे सञ्चालन गर्ने होसानको निर्णय

नेपालखबर
मंसिर २९, २०७७ सोमबार ६:३८,

कोभिड–१९ महामारीको कारण करिब ९ महिनादेखि बन्द रहेका होमस्टेहरु पुनः सुचारू हुने भएका छन्। होमस्टे एसोसिएसन नेपालले (होसान)ले देशभरका होमस्टे सञ्चालन गर्ने निर्णय गरेको हो।

चितवनमा बसेको केन्द्रीय समितिको बैठकले सरकारले तोकेको सुरक्षा मापदण्डअनुसार देशभर सञ्चालनमा रहेका होमस्टेहरू सुचारू गर्ने निर्णय गरेको कोषाध्यक्ष सुरज बाँस्तोलाले जानकारी दिए।

बाँस्तोलाले पछिल्लो समय कोभिडको प्रभाव कम देखिएकाले हामस्टेमा रमाउने पर्यटकको लागि खुल्ला गरिएको बताए।

सरकारले सबै पर्यटकीय गतिविधि खुल्ला गर्ने निर्णय गरिसकेको छ। तर कुनै पनि गतिविधि गर्दा सरकारले बनाएको मापदण्ड भने कडा रुपमा पालना गर्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .