कारोबार


बूढानीलकण्ठको चुनीखेलमा इन्भेस्टमेन्ट बैंकको १२६ औँ एटीएम

बूढानीलकण्ठको चुनीखेलमा इन्भेस्टमेन्ट बैंकको १२६ औँ एटीएम

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १५:५३,

नेपालको ‘क’ वर्गका वाणिज्य बैंकहरूमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६ औं एटीएम विस्तार गरेको छ। 

करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छे, नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र वडाअध्यक्ष (बुनपा–१३) श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे।

नेपाल इन्भेस्टमन्ट बैंक लिमिटेडले हाल ८३ वटा शाखा, १२६ वटा एटीएमहरू, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु-याइरहेको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाईसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .