ad ad

कारोबार


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाद्वारा पद वहाली

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाद्वारा पद वहाली

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ११:३३,

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आज एक विशेष समारोहकाबीच महासंघको अध्यक्षको पदवहाली गरेका छन्। त्यसअघि महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरेका थिए।

 पदवहाली पश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीहरूलाई सम्बोधनसहित निर्देशन दिए। महासंघ सचिवालय र महासंघ अन्तरगत रहेका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोही अनुसारको अपेक्षा आफूले गरेको बताए।

पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्य अवधिका लागि निर्वाचित भएर आउँछन तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनलरूपमा संचालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको पनि उनले बताए।

निर्देशनको क्रममा अध्यक्ष गोल्छाले भने, ‘तपाईहरूबाट पाएको न्यानो स्वागतका लागि म आभार प्रकट गर्दछु। मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु। महासंघमा तपाईहरूको विज्ञता र तपाईहरूले दिने सेवा अमुल्य छ। राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडि बढाएका कार्ययोजनालाई प्रभावकारीरूपमा सम्पादन गर्न आग्रह गर्दछु।’

उचित वातावरण भयो भने साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति आफू पूर्ण विश्वस्त रहेको भन्दै उनले सचिवालयलाई पूर्णरुपमा सुदृढिकरण गर्ने मुख्य प्राथमिकता रहेकाले सोही अनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिने बताए।

कार्यक्रममा महासंघका नवनिर्वाचित उपाध्यक्ष (जिल्ला/नगर) दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य अरुणराज सुमार्गीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .