ad ad

कारोबार


जाडोलाई न्यानो बनाउने सीजीका उपकरण

जाडोलाई न्यानो बनाउने सीजीका उपकरण

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ११:३१,

मंसिर लागेसँगै मुलुकभरको तापक्रम घट्दो। दिउँसोको घाम प्यारा छन् भने बिहान बेलुका बाक्ला र न्यानो कपडा चाहिने भएको छ।

यसपालिको जाडो सिजनको मुलुकको अवस्था केही फरक छ। कोरोना भाइरस संक्रमणले आक्रान्त पारिरहेको बेला सबैलाई तातोपानी र झोलिलो पदार्थ अत्यावश्यक बनेका छन्।

चिसो बढेसँगै तातो पानी, तात्तातो सुप, तातो खाना सबैलाई आवश्यक पर्छ। कोठा पनि तातो र न्यानो बनाउनसके चिसोबाट बच्न सकिन्छ।

वातावरणमा चिसो बढ्दै जाँदा बजारमा तातो र न्यानो दिने सामान खोज्नेको संख्या बढिरहेको छ। यसको लागि बजारमा विभिन्न सामान उपलब्ध छन्। जसको प्रयोगबाट तातो र न्यानो महसुस गर्न सकिन्छ।

बजारमा विभिन्न कम्पनीका उपभोक्ताका रोजाइअनुसारका सस्तादेखि महंगा, ब्रान्डेडदेखि सामान्य सामान उपलब्ध छन् । चियोयाममा धेरै प्रयोग हुने सामानहरुमा हिटर, इलेक्ट्रिक किट्ली, विभिन्न गिजरहरु भ्याकुम फ्क्लसहरुको माग बढेको छ।

इलेक्ट्रिक हटपट, इलेक्ट्रिक्स ओभन, वाटर डिस्पेन्सरलगायतका सामानहरु जाडोमा धेरै प्रयोग हुन्छ। जसले गर्दा बजारमा यी सामानको माग पनि बढ्दो छ।

सीजी इलेक्ट्रोनिक्सले जाडो मौसममा प्रयोग हुने यी सबै सामग्री मध्यमदेखि प्रिमियम ग्राहकहरुलाई उपलब्ध गराएको छ।

सीजी इलेक्ट्रोनिक्सले सिजी स्मार्ट होम अप्लाइन्स र अमेरिकी कम्पनी ब्ल्याक डेकरका सामानहरु विन्टर प्रडक्टका रुपमा बिक्री गरिरहेको सीजी

इलेक्ट्रोनिक्सका नेपाल सेल्स म्यानेजर मनमोहन झाले बताए।

सीजीका यस्ता खालका विभिन्न सामान विभिन्न मोडल र मूल्यमा उपलब्ध भएको झाले बताए ।

जाडोयाममा यी सामानको माग उच्च हुन्छ।

‘यी सामानको मुख्य सिजन नै जाडोयाम हो’, सीजी इलेक्ट्रोनिक्सका असिस्टेन्ट जनरल म्यानेजर विष्णुप्रसाद ज्ञवालीले भने, ‘सामान्यतया असोजदेखि यसको व्यापार सुरु भएर माघसम्म हुन्छ। यो पाँच महिनाको व्यापार भनेको ६० देखि ७० प्रतिशत हुन्छ।’

No description available.

सीजी स्मार्ट होम अप्लाइन्स
सीजीका विभिन्न प्रकारका होलोजिन हिटर, ग्यास हिटर, गिजरहरु, वाटर डिस्पेन्सर, इलेक्ट्रिक हटपट, इलेक्ट्रिक ओभन, भ्याकुम फ्लेक्सहरु बजारमा उपलब्ध छन् ।

हिटर
कोठालाई न्यानो पार्न सीजीले पाँच प्रकारका हिटर बजारमा उपलब्ध गराएको छ। एउटा हो हेलोजिन हिटर। यी हिटर ८ वटा मोडलमा छन्।

अर्को कार्बन हिटर छ। यसले अक्सिजन कम खान्छ। कोठामा हिटरहरु बाल्दा अक्सिजन कम हुने सम्भावना हुन्छ। यसैलाई ध्यानमा राखेर कार्बन हिटर ल्याइएको हो।

क्वार्ज हिटरमा दुई मोडल छन् भने क्यास र इलेक्ट्रिक हिटर छन्। यसका चारवटा मोडल छन्। फ्यान हिटर र वाइल्ड एडिएटर हिटर पनि छ। यो ‘हेल्थ फ्रेन्डी’ भएको झाले बताए।

‘यो चलाएर सुत्न पनि सकिने खालको छ’, झाले भने, ‘यसमा दुई मोडल छन्।’

गिजर
जाडोमा शरीरलाई न्यानो राख्न तातोपानी पिउन आवश्यक छ। अझ कोरोना संक्रणको अवस्थामा तातोपानी अपरिहार्य भएको छ। तातोपानीले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

तातोपानीको लागि सीजीले विभिन्न प्रकारका गिजरहरु बजारमा ल्याएको छ।

एउटा हो इलेक्ट्रिक गिजर। १० लिटर, १५ लिटर (यसमा दुई माडल) २५ लिटर र ३० लिटरका पाँच मोडल छन्। यो बाथरुम वा किचनमा लगाउन सकिन्छ।
अर्को हो ग्यास गिजर। पाँचवटा मोडलमा उपलब्ध भएको यो गिजरमा थप दुई मोडल आउनलागेको झाले बताए।

वाटर डिस्पेन्सर, हटपट, भ्याकुम फ्लेक्स
तातोपानी पिउनको लागि सीजीले सातवटा मोडलमा वाटर डिस्पेन्सर बजारमा ल्याएको छ।

त्यस्तै तातोपानी तताउनको लागि तीनवटा मोडलका हटपट रहेका छन्। यी हटपट ३.२, ४.५ र ५ लिटरमा उपलब्ध छन्। योसँगै इलेक्ट्रिक किट्ली पनि उपलब्ध छन्। तुरुन्त पानी तताउन सकिने यस्ता इलेक्ट्रिक किट्लीे ८ वटा मोडलमा छन्। यसमा १.८ लिटरदेखि ७ लिटरसम्मका छन्।

जाडोयाममा भ्याकुम फ्लेक्सको माग बढ्दै जान्छ। तातोपानी राख्ने प्रयोग हुने यो स्टिलको बोतल घरमा या बच्चालाई स्कुलमा तातोपानी पठाउन प्रयोग गर्न सकिन्छ । यसमा १४ घण्टासम्म पनि पानी तातो रहनसक्ने झा बताउँछन्। यसमा ७ वटा मोडल र आधा लिटरदेखि १.८ लिटरसम्मका छन्।

यो बोतल थर्मसजस्तो छिटो नफुटे पनि प्रयोगमा भने विशेष ध्यान दिनुपर्छ । अग्लो ठाउँबाट खस्दा यसको एक्सप्रेसर खुकुलो हुने र हावा भित्र छिर्नसक्छ।
चिसोमा तातो र झोलिलो खाना खान आवश्यक छ। सीजीले खाना तताउनको लागि प्रयोग हुने इलेक्ट्रिक ओभन बजारमा ल्याएको छ । यो ओभन खाना पकाउन, तताउन पनि प्रयोग हुन्छ।

यसमा १९, २४, ३५ र ४५ लिटरका चार मोडल छन्। योसँगै लामो समय खाना तातो राख्ने वार्मर राइस कुकुर पनि उपलब्ध गराएको छ।

माइक्रो ओभन
माइक्रो ओभनलाई विन्टर आइटमका रुपमा हेरिन्छ। चिल्लो कम हुने भएकाले माझ्न सजिलो हुन्छ। यसले गर्दा जाडोमा माइक्रो ओभनको माग वृद्धि हुन्छ।
सीजीले स्लो माइक्रो ओभन पनि उपलब्ध गराएको छ। जसमा कुकिङको मात्र काम हुन्छ।

त्यस्तै ग्रिडिङ माइक्रो ओभनमा कुकिङ र ग्रिडिङ, रोष्ट गर्न मिल्छ। कन्जक्सर पनि छ जसलाई कुकिङ, ड्रिलिङ र बेकिङ गर्न मिल्छ।

२० लिटरदेखि ३० लिटरसम्मको क्षमतामा उपलब्ध भएका यी माइक्रो ओभनको मूल्य १० हजारदेखि १८ हजारसम्म रहेको सीजी इलेक्ट्रोनिक्सका असिस्टेन्ट जनरल म्यानेजर विष्णुप्रसाद ज्ञवालीले बताए। माइक्रो ओभनमा एक वर्ष वारेन्टी हुन्छ।

वासिङ मेसिन
जाडोयाममा उपभोक्ताको रोजाइमा पर्ने अर्को उत्पादन वासिङ मेसिन पनि हो। सीजीले उपभोक्ताको लागि तीन प्रकारका वासिङ मेसिन उपलब्ध गराएको सीजी इलेक्ट्रोनिक्सका असिसटेन्ट जनरल म्यानेजर विष्णुप्रसाद ज्ञवालीले बताए। जसमा सेमी अटोमेटिक, फुल अटोमेटिक र फ्रन्टलोड अटोमेटिक वासिङ मेसिनहरु रहेका छन्।

सेमी अटोमेटिक वासिङ मेसिनलाई भनेको बजारमा ‘ट्विन टप’ भनिन्छ। एक डिब्बामा धुने अर्को डिबामा सुकाउने सुविधा छ यसमा। ६ केजीमा उपलब्ध रहेको यो वासिङ मेसिनको मूल्य २४ हजार पर्छ।

फुल अटोमेटिक वासिङ मेसिन टप लोडिङ हुन्छ। यो पुरानो मोडलको यो वासिङ मेसिनको ८ केजीको २९ हजार रुपैयाँ पर्छ।

फ्रन्टलोडिङ भनेको अहिलेको पछिल्लो मोडल हो। अगाडिबाट लुगा हाल्ने र भित्र काम भइरहेको सिसाबाट हेर्न सकिन्छ। यो ७ केजीदेखि सुरु हुन्छ। ७ केजीको ५५ हजार र १२ केजीको ८४ हजार रुपैयाँ पर्छ।

यी वासिङ मेसिनमा एक वर्षको वारेन्टी रहेको ज्ञवालीले बताए। वासिङ मेसिनको मुख्य मेरुदण्ड भनेको यसको मोटर हो। फ्रन्टलोडिङ वासिङ मेसिनमा यसको मोटरको वारेन्टी १० वर्षको रहेको उनले जानकारी गराए।

वासिङ मेसिन किन्दा यसमा कस्तो फिचर कस्तो र गुणस्तरमा ध्यान दिनुपर्ने ज्ञवाली बताउँछन्। सीजीको वासिङ मेसिन किन्दा ग्राहकको घरमै पुगेर एक पटक लुगा धोएर सिकाउने गर्छन्।

No description available.

ब्लाक डेकरका सामान
त्यस्तै सीजीले ‘प्रिमियम’ ग्राहकका लागि भन्दै अमेरिकी कम्पनी ब्ल्याक डेकरका घरायसी सामान पनि उपलब्ध गराउँदै आएको छ।

यस कम्पनीका ६ वटा मोडलमा ९ लिटरदेखि माथिका इलेक्ट्रिक ओभन उपलब्ध भएको झाले बताए। त्यस्तै, ४ वटा मोडलमा माइक्रो ओभन पनि उपलब्ध छन्।

त्यस्तै, ब्ल्याक डेकरका पाँचवटा मोडलमा किट्ली, तीन मोडलमा कफी मेकर, ३ मोडलमा फ्यान हिटर र फुड स्टिमर पनि छ।

झाका अनुसार सीजीका हरेक उत्पादनमा १ वर्ष र ब्ल्याक डेकरमा २ वर्षको वारेन्टी रहेको छ।

सुरक्षामा पनि ध्यान दिनुपर्छ
चिसो बढ्दै जाँदा घर र कार्यालयमा विद्युतीय सामग्रीको प्रयोग बढ्दै जान्छ। जस्तो कि वाटर डिस्पेन्सर, हिटर, इलेक्ट्रिक हटपट, इलेक्ट्रिक ओभन, गिजरहरु, भ्याकुम फ्लेक्सहरु प्रयोग धेरै हुन्छ।

यी सामानको प्रयोगले चिसोबाट बच्न त सकिन्छ तर प्रयोगमा ध्यान नदिने हो भने दुर्घटना समेत हुनसक्छ। यस्तै दुर्घटनाका कारण मुलुकमा वर्षेनी आगो लाग्ने र मान्छेको ज्यान समेत जाने गरेको पाइन्छ।

यी सामानको प्रयोग गर्दा कसरी सही प्रयोग गर्ने र के–के कुरामा ध्यान दिनुपर्छ भनेर जानकारी राख्नुपर्ने झाले बताए।

जस्तो कि हिटरहरु चलाउँदा भेन्टिलेटर वा ढोका अलिकति खोलेको हुनुपर्छ। सकभर केही न केही भाँडामा पानी राख्नुपर्छ। यसो गर्दा त्यो कोठामा अक्सिजन लेभल कम हुँदैन।

विशेष गरी हेलोजिन र ग्यास हिटर प्रयोग गर्दा यो कुरामा ध्यान दिनुपर्ने झाले बताए। यी हिटर सुत्ने बेलामा बन्द गर्नुपर्छ। बालेर सुत्नुहुँदैन।

ग्यास गिजर प्रयोग गर्दा बाथरुममा भेन्टिलेटर अनिवार्य हुनुपर्छ। बाथरुममा सानो क्षेत्र र चारैतिर बन्द हुने भएकाले अक्सिजन कम हुन्छ। त्यसले गर्दा भेन्टिलेटर या झ्याल हुनुपर्छ।

यस्ता सामग्री प्रयोग गर्दा प्लगहरु टाइट हुनुपर्ने र बिग्रेको मल्टिप्लगमा केहीले पनि यस्ता इलेक्ट्रिक सामान प्रयोग नगर्न झाको सुझाव छ। राम्रो खालको मल्टिप्लगमा प्रयोग गर्नुपर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .