हङकङमा सोमबार ७६ नयाँ संक्रमित भेटिए, सरकारी कर्मचारीले घरबाटै काम गर्नुपर्ने

हङकङमा सोमबार ७६ नयाँ संक्रमित भेटिए, सरकारी कर्मचारीले घरबाटै काम गर्नुपर्ने

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ११:३५,

कोरोनाको चौथो लहरसँग जुधिरहेको हङकङले तीव्र गतिमा संक्रमितहरु बढ्न थालेपछि बुधबारदेखि सरकारी कर्मचारीहरुलाई घरैबाट काम गर्न निर्देशन दिएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार बुधबारदेखि रेस्टुरेन्टहरुमा एक टेबलमा दुई व्यक्रिमात्र बस्न पाउने पनि नियम पनि बनाइएको छ।

कोरोना तीव्र गतिमा बढ्दै गएपनि कोरोनाको मुख्य खतरा भने हङकङमा टरेर गएको यहाँकी कार्यकारी प्रमुख क्यारी लामले बताएकी छिन्।

सोमबार देखिएका संक्रमितमध्ये ९ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न नसकिएको जनाइएको छ।

यहाँ पछिल्लो समय एकैपटक धेरै संक्रमितहरु देखिन थालेका छन्। हङकङमा आइतबार मात्र एकैदिन १ सय १५ नयाँ संक्रमित भेटिएका थिए। त्यससँगै यहाँका शैक्षिक संस्थाहरु आगामी जनवरीसम्म बन्द गरिने घोषणा गरिएको छ।

डान्सबार र डिस्कोबाट धेरै कोरोना संक्रमित देखिएपछि हङकङमा हाल त्यस्ता मनोरन्जनात्मक स्थलहरु संचालन गर्नबाट पनि बन्चित गरिएको छ।

हङकङमा ६ हजार २ सयभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ। यहाँ कोरोनाका कारण १०९ को मृत्यु भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .