कारोबार


नारायणगढ–मुग्लिन सडक विस्तारपछि हवाई मार्ग प्रयोग गर्ने घटे

नारायणगढ–मुग्लिन सडक विस्तारपछि हवाई मार्ग प्रयोग गर्ने घटे

नेपालखबर
साउन १४, २०७६ मंगलबार ९:२,

नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारको कार्य सकिएकाले हवाई मार्ग प्रयोग गर्ने यात्रुको सङ्ख्यामा कमी आएको छ। भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गर्ने यात्रुहरुको सङ्ख्यामा कमी आएको हो।

आव २०७४/७५ मा भरतपुर विमानस्थलबाट दुई लाख ७० हजार ६२६ जनाले यात्रा गरेकामा गत आवमा सो सङ्ख्या घटेर एक लाख ८७ हजार ८३८ जनाले मात्र हवाई यात्रा गरेका थिए। अघिल्लो आवको तुलनामा गत आवमा ८२ हजार ७८८ यात्रु घटेका हुन्।

कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार यात्रुको सङ्ख्यामा कमी आए पनि विदेशी पर्यटकहरुको सङ्ख्या भने बढेको छ। अघिल्लो आवमा १० हजार ३८५ विदेशी पर्यटकले हवाई मार्ग प्रयोग गरेकामा गत आवमा २१ हजार ३२० विदेशीले हवाई मार्ग प्रयोग गरेका थिए। यात्रु घटेसँगै राजश्वमा पनि गिरावट आएको छ।

अघिल्लो आवमा रु तीन करोड छ लाख ५४ हजार राजश्व संकलन गरेको विमानस्थलले गत आवमा भने रु दुई करोड २७ लाख ६९ हजार मात्रै राजश्व संकलन गरेको थियो। सेवा शुल्क भने गत आवमा रु एक करोड ६९ लाख ५४ हजार मात्र संकलन भएकामा अघिल्लो आवमा सोही शीर्षकमा रु दुई करोड ४५ लाख ४० हजार १६ लाख ६२ हजार संकलन भएको थियो ।

सडक राम्रो भएसँगै हवाई मार्गको प्रयोग गर्ने यात्रुहरु सडकमार्फत यात्रा गर्न थालेकाले विमानस्थलमा यात्रुको चाप घटेको हो। कार्यालयका प्रमुख गौतमका अनुसार आव २०७४/७५ मा दैनिक २४ वटा सम्म जहाज उडान र अवतरण भएकामा गत वर्ष भने दैनिक सातदेखि आठ वटामा झरेको थियो।

बुद्ध एयर र यती एयरलाइन्सले भरतपुर–काठमाडौँ उडान गर्दै आएका छन्। बुद्ध एयरले भरतपुर–पोखरा पनि उडान भर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad