डिस्कोभरी च्यानलको विश्व चर्चित टिभी सेरिज ‘म्यान भर्सेस वाइल्ड’मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन्।
‘म्यान भर्सेस वाइल्ड’ भन्ने वित्तिकै हामीलाई बियर ग्रिल्स याद आउँछ। उनी उक्त कार्यक्रममा जंगलमा एक्लै फसे कसरी बाँच्ने भनेर सिकाउँछन्।
उनी जंगलमा जे भेट्यो त्यही खाइदिन्छन्। नरेन्द्र मोदी बियर ग्रिल्ससँगै ‘म्यान भर्सेस वाइल्ड’को नयाँ इपिसोडमा देखिने भएका हुन्।
मोदी समावेश कार्यक्रम आगामी अगष्ट १२ तारिखमा डिस्कोभरी च्यानलमा प्रसारण हुनेछ।
उक्त कार्यक्रममा टिजर पनि सार्वजनिक भएको छ। जहाँ मोदी र बियर ग्रिल्ससँगै जंगलको बाटो हिँडेको देखिएको छ।
Now world will see the reality, when there was #Pulwama attack going on, Our soldiers were martyrs for nation. @narendramodi was busy with @BearGrylls in shooting program for @DiscoveryIN Shame on You Modi ji.
#PMModionDiscovery pic.twitter.com/dXe1JFbzvI
मोदीको आलोचना
मोदी ‘म्यान भर्सेस वाइल्ड’मा देखिने भएपछि भारतमा उनको आलोचना भएको छ।
भारतमाथि गत फेब्रुअरीमा आतंकवादी आक्रमण हुँदा मोदी ‘म्यान भर्सेस वाइल्ड’का लागि व्यस्त भएको विपक्षी दलहरुले बताइरहेका छन्।
उनीहरुले मोदीलाई देशको माया नभएको बताएका छन्। एजेन्सी
People across 180 countries will get to see the unknown side of PM @narendramodi as he ventures into Indian wilderness to create awareness about animal conservation & environmental change. Catch Man Vs Wild with PM Modi @DiscoveryIN on August 12 @ 9 pm. #PMModionDiscovery pic.twitter.com/MW2E6aMleE
— Bear Grylls (@BearGrylls) July 29, 2019

प्रतिक्रिया