नेपाल उद्योग वाणिज्य महासंघको आशन्न ५४ औं साधारण सभा र निर्वाचन आउनु केही दिन अघि विभिन्न वस्तुगत संघका समस्या र चुनौतीहरु सम्बन्धी पुस्तक प्रकाशन गरिएको छ।
शेखर गोल्छा समूह अन्तर्गत वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठसहितको टीमले निर्वाचनपछि आफ्नो प्राथमिकता रहने विषयहरुका विषय छनोट गरी पुस्तक प्रकाशन गरेको हो।
निर्वाचनको प्रक्रिया सुरु हुनुअघि नै विभिन्न बस्तुगत संघका समस्या र चुनौतीहरु छनोट गरि त्यसलाई लिपिवद्ध गर्ने प्रयास स्वरुप त्यसलाई दस्तावेजको रुपमा संकलन गर्न पुस्तक नै तयार गरेर अघि बढेको सो समूहले जनाएको छ।
उक्त पुस्तकमा समेटिएका विषय सबै बस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पुरा गर्नु पर्ने विषय छनोट गरिएका छन्।
कोभिड १९ को कारण सिर्जित स्वास्थ्य संक्रमण समस्यालाई मध्यनजर गर्दै विभिन्न बस्तुगत संघहरुलाई ४ भागमा विभाजन गरि समस्या पहिचान गर्ने प्रयास गरेको बताइएको छ।
सो समूहले सबै बस्तुगत संघहरुलाई कृषि, उत्पादन, सेवा र व्यापार वर्गमा राखेर त्यहाँ देखिएका समस्या समाधान गर्न कसरी काम गर्ने भन्ने विषयमा छलफल गरेको थियो।
‘हामीले आफ्नो समूह निर्माण गर्दापनि ती सबै क्षेत्रलाई प्रतिनिधित्व हुनेगरि समावेशी निर्माण गरेका छौं। हाम्रो समूहमा अनुभवी र नयाँ जोससहितका उम्मेदवारहरुलाई समेट्ने प्रयास गरेका छौं’ पुस्तक प्रकाशनबारे जानकारी दिँदै भनिएको छ।
‘सबल, सक्षम र सफल’ निजी क्षेत्र भन्ने मूलमन्त्र अंगिकार गर्दै भोलिका दिनमा नेपालमा व्यवसायीक वातावरण निर्माणमा सबैको हातेमालो आवश्यक रहेकाले निर्वाचनका बेला गरिएको प्रतिवद्धतालाई पुरा गर्न घच्घच्याउने दस्तावेजको रुपमा यो पुस्तक प्रकाशन गरिएको प्रकाशन टिमले बताएको छ।
Shares

प्रतिक्रिया