ad ad

कारोबार


क्रिकेटबाट सन्यास लिएका धोनी तरकारी र दुध बेच्दै

क्रिकेटबाट सन्यास लिएका धोनी तरकारी र दुध बेच्दै

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार १३:६,

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले क्रिकेटबाट सन्यास लिएसँगै गाईपालन र तरकारी खेती सुरु गरेका छन्।

धोनीले राँचीको धुर्वास्थित सेम्बोमा ५५ हेकड जमिनमा फार्म निर्माण गरी गाईपालनका साथै अर्गानिक तरकारी खेती गरिरहेका छन्। अहिले उनको फार्म हाउसमा मौसमी तरकारीहरू उत्पादन भइरहेको छ।

टमाटर, फूलगोभी, बन्दागोभी, ब्रोकाउली खेती गर्दै आएकोमा हाल आएर उनको फार्मममा टमाटर पनि उत्पादन हुन थालेको छ। धोनीको फार्म हाउसमा प्रत्येक दिन ८० किलो टमाटर उत्यादन हुँदै आएको छ। बजारमा यसको माग व्यापक हुँदै गएको र हरेक दिन उत्पादन भएको तरकारी सबै बिक्री हुँदै आएको छ।

55 एकड़ में धोनी कर रहे फार्मिंग, टमाटर और दूध बेचकर कर रहे कमाई

उनको फार्म हाउसमा टमाटरको पूर्ण अर्गानिक रूपमा उत्पादन गरिँदै आएको छ। आगामी हप्तसम्ममा राँचीका मानिसहरुले धोनीको फार्म हाउसले उत्पादन गरेको बन्दकोबीको स्वाद लिन सक्ने बताइएको छ। अहिले धोनीको फार्मबाट टमाटर प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यस्तै, धोनीको फार्म हाउसमा दैनिक तीन सय लिटर दुध उत्पादन भइरहेको छ। उक्त दुध ५५ रुपैयाँ लिटरमा बिक्री हुँदै आएको छ। दुध फार्मबाट सिधैँ बजारमा जाने गरेको छ।

55 एकड़ में धोनी कर रहे फार्मिंग, टमाटर और दूध बेचकर कर रहे कमाई

 गाई फार्मको रेखदेख गरिरहेका डाक्टर विश्वरञ्जनले धोनीले भारतीय जातिको साहिवाल र फ्रान्सेली जातको फ्रिजियन गाई पालन गरेको बताएका छन्। धोनीले अहिले ७० वटा गाई पालेका छन्। यी सबै गाई पञ्जाबबाट ल्याइएको हो। धोनीको उक्त फार्म हाउसको रेखदेख शिवानन्दन र उनकी श्रीमती सुमन यादवले गर्दै आएका छन्। तरकारीको कारोबार पनि उनीहरुले नै गर्दै आएका छन्।

शिवानन्दले अहिलेसम्म तरकारी र दुध बेचेर धोनीको खातामा लाखौं रूपैयाँ जम्मा गरिदिएको बताएका छन्। धोनी आफ्नो फार्म हाउसले उत्पादन गरेको तरकारी र दुध देखेर निकौ खुसी छन्।

55 एकड़ में धोनी कर रहे फार्मिंग, टमाटर और दूध बेचकर कर रहे कमाई

शिवानन्दनका अनुसार धोनी राँचीमा रहेको समयमा प्रत्येक दुई वा तीन दिनमा फार्म हाउस पुग्ने गरेका छन्। जुन तरिकाबाट अर्गानिक रुपमा तरकारी उत्पादन हुँदै आएको छ त्यो देखेर धोनी अत्यन्त खुसी भएको बताएका छन्। तरकारी र दूध बेचेर आएको पैसा उनले धोनीको बैंक खातामा राखिदिन्छन्।

धोनी गाई फार्ममा प गाईहरूको नजिक बसेर केही समय बिताउने पनि गरेको शिवानन्दनले बताए। एजेन्सी

MS Dhoni Tractor 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .