नेपाल उद्योग वाणिज्य महासंघमा दुई जना केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन्।
प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल विरुद्ध कुनै उम्मेदवारी नपरेपछि उनीहरु स्वतः चयन भएका हुन्। आज ५ बजेसम्म उम्मदवारी दर्ता रहने व्यवस्था थियो।
यी दुवै जना चन्द्र ढकाल प्यानलका उम्मेदवार हुन्।
महासंघमा अहिले दुई वटा प्यानल रहेका छन्। एक प्यानलको नेतृत्व चन्द्र ढकालले गरेका छन् भने अर्को प्यानलको नेतृत्व किशोर प्रधनले गरिरहेका छन्।
ढकाल र प्रधानले महासंघको वरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी दिएका छन्।
अध्यक्ष भने महासंघको विधान अनुसार शेखर गोल्छा बन्दै छन्। महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था गरेको छ।
महासंघमा ६० जाना केन्द्रीय सदस्य र ४ जना उपाध्यक्षको लागि यहि मंसिर ११,१२ र १३ गते सारधाण सभा तथा निर्वाचन हुँदैछ।
Shares

प्रतिक्रिया