ad ad

कारोबार


तनहुँको दुलेगौडामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

तनहुँको दुलेगौडामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ११:५,

ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबारदेखि तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

ग्लोबल आइएमई बैंकले ७२ वटा जिल्लामा फैलिएको २६३ शाखा सञ्जालसहित २३८ एटीएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .