ad ad

कारोबार


घट्यो सुनको मूल्य, तोलाको कति?

घट्यो सुनको मूल्य, तोलाको कति?

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ७:२२,

सुनको मूल्यमा बिहीबार गिरावट आएको छ।

कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ। सोही कारण बिहीबार स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो।

त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो।

यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको छ। बुधबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोवार भएको थियो। बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .