साताको दोस्रो कारोबार दिन सेयरबजारमा ३.१८ अंकको सुधार देखिएको छ। तर कारोबार रकम र सेयर बिक्रीमा भने कमी आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज पनि सेयरबजारमा १ सय ६६ कम्पनीको कारोबार भएकामा १२ लाख कित्ता सेयर मात्रै बिक्री भएको छ। ५ हजार ६ सय ७६ पटकको खरिदबिक्रीपछि ३५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
अघिल्लो दिन १९ लाख कित्ता सेयर बिक्री भएको बजारमा ४९ करोडको कारोबार भएको थियो। नेप्सेका अनुसार आज म्युचुअल फन्ड, जीवन बीमा, उत्पादनको कारोबार सूचक रातो हुँदा बाँकी सात समूहको कारोबार हरियो छ। होटलको भने आज तथ्यांक घटबढको कुनै जानकारी नेप्सेले दिएको छैन।
कारोबार भने आज युनाइटेड इन्स्योरेन्सको सबैभन्दा बढी २ करोड ३८ लाखको प्रतिकित्ता ७ सय ७७ रुपैयाँका दरले कारोबार भएको छ। त्यस्तै प्रभु बैंकको २ करोड २३ लाखको प्रतिकित्ता २ सय ७४ रुपैयाँका दरले, साना किसान विकास बैंकको २ करोड ९ लाखको प्रतिकित्ता ९ सय ८० रुपैयाँका दरले, शिवम् सिमेन्टको १ करोड ८४ लाख प्रतिकित्ता ५ सय ९९ रुपैयाँका दरले, कृषि विकास बैंकको १ करोड ५२ लाखको प्रतिकित्ता ४ सय २७ रुपैयाँका दरले कारोबार भएको छ।
कमाउने कम्पनीमा भने आज नेपाल एग्रो लघुवित्त वित्तीय संस्था रहेको छ। कम्पनीका लगानीकर्ताले ५४ रुपैयाँ कमाएका छन्। त्यस्तै सृजना फाइनान्स वित्तीय संस्थाका सेयरधनीले २३ रुपैयाँ, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले ४७ रुपैयाँ, स्पर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४० रुपैयाँ कमाएका छन्। त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले २९ रुपैयाँ कमाएका छन्।
त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले ३.८५ प्रतिशत गुमाएका छन्। त्यस्तै, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ३.३० प्रतिशत गुमाएको नेप्सेले जनाएको छ। त्यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २१ रुपैयाँ गुमाएका छन्।
प्रतिक्रिया