कारोबार


नेपाल बैंकसँगको साझेदारीमा भीनपाले ‘बिना धितो बिना ब्याज’ ऋण दिने

नेपाल बैंकसँगको साझेदारीमा भीनपाले ‘बिना धितो बिना ब्याज’ ऋण दिने

गोकुल जोशी
कात्तिक २७, २०७७ बिहिबार १६:२५,

कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको साझेदारीमा ‘बिना धितो बिना ब्याज’ ऋण उपलब्ध गराउने भएको छ।

‘मेयर उद्ययमशीलता विकास’ कार्यक्रम अन्तर्गत नगरपालिकाले बैंकसँगको साझेदारीमा ‘बिना धितो बिना ब्याज’ ऋण प्रदान गर्ने भएको हो।

कोरोना भाइरस (कोभिड–१९) ले रोजगारी गुमाएका वडाबासीहरुलाई रोजगारीमा जोडी अर्थतन्त्र विकासका लागि ‘मेयर उद्ययमशीलता विकास’ कार्यक्रम अन्तर्गत ऋण प्रदान गरिने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए।

कोरोना महामारीले रोजगारी गुमाएर बेरोजगार भएका श्रमजनशक्तिलाई लक्षित गरी ऋण प्रदान गरेर रोजगारी सृजना गर्ने उद्देश्यले बिहिवार नगरपालिका र नेपाल बैंकबीच सम्झौता भएको भएको छ।

‘समाजवाद उन्मुख अर्थतन्त्र विकासको आधार, बिना धितो बिना ब्याज ऋण समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सञ्चालित ‘मेयर उद्यमशीलता विकास’ कार्यक्रम अन्तर्गत सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानका लागि सम्झौता पत्रमा नेपाल बैंक महेन्द्रनगर शाखाका प्रबन्धक कमल बहादुर चन्द र नगर प्रमुख सुरेन्द्र बिष्टले हस्ताक्षर गरेका छन्।

कोरोना महामारीले बेरोजगार भएका मानिसहरुलाई लक्षित गरेर ऋण प्रदान गरी स्वरोजगार बनाउन बैंकसँग सम्झौता भएको नगर प्रमुख बिष्ट बताउँछन्।

‘कोरोना महामारीले बिदेशबाट धेरै मानिस घरमा आएर बेरोजगार बसेका छन्। उहाँहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको हो’ नगर प्रमुख बिष्टले भने, ‘त्यस्ता श्रमशक्तिलाई उत्पादनसँग जोड्न पूँजीको आवश्यकता पर्दछ। पुजीँको व्यवस्थापन गरी श्रमजनशक्तिलाई उत्पादनसंग जोड्ने कार्यक्रम रहेको छ।’

लक्षित वर्गसम्म कार्यक्रम पु¥याउन श्रम लगानी र उद्यमशीलता सम्बन्धि नगरपालिकाले कार्यविधि निर्माण गरेको छ। स्वदेशमा केही गर्न चाहने तर पूँजीको अभावमा केही गर्न नसकेकाहरुका लागि कार्यक्रम फलदायी हुने नेपाल बैंक लिमिटेड महेन्द्रनगरका शाखा प्रबन्धक कमल बहादुर चन्दले विश्वास व्यक्त गरे। ‘बैंकमा नगरपालिकाको कोष हुन्छ।

सो कोषको दुई गुणा ऋण लगानी गर्न तयारी छ’ उनले भने, ‘ऋणका लागि व्यक्ति वा फर्म छनौट तथा सिफारिस गर्ने बेलासम्म बैंकको सहभागीता हुने हुनाले अरु कर्जाको जस्तो झन्जटिलो र प्रक्रिया लामो हुदैन। ७ कार्य दिन भित्र सम्पूर्ण प्रक्रिया सकिने छ।’

पुरुष उद्यमीको हकमा ऋणको ३.८१ प्रतिशत ब्याज नगरपालिका र ५ प्रतिशत ब्याज सरकारले ब्यर्होने छ भने महिला उद्यमीको हकमा २ प्रतिशत नगरपालिका तथा ६ प्रतिशत ब्याज सरकारले ब्यर्होने शाखा प्रबन्धक चन्दले बताए।

उनका अनुसार कार्यक्रम अन्तर्गत तिहार पछि कृषि, जडिबुटि लगायतका क्षेत्रमा ऋण लगानी हुने छ। ऋण लगानी गर्दा व्यक्ति र फर्मको बिमाको व्यवस्था पनि गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .